शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • डोरीले बाँधिएको सुटकेशभित्र महिलाको शव फेला


    हुलाक प्रेस

    • आइतबार, भदौ ८ २०८२०१:१५
    डोरीले बाँधिएको सुटकेशभित्र महिलाको शव फेला
    सांकेतिक तस्वीर
    चन्द्रपुर रौतहट । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको शव भेटिएको हो । 
     
    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले उक्त शव माधवनारायण नगरपालिका–२ माधोपुर माइत भएकी रुविकुमारी साहको रहेको जानकारी दिए । 
     
    शनिबार राति १०ः३० बजेतिर डोरीले बाँधिएको सुटकेसभित्र महिलाको शव भेटिएको थियो । अन्दाजी ३० वर्षीया ती महिलाको घर भारतको मुजफ्पुरमा रहेको र हाल माइत माधोपुरमा आमासँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
     
    प्रहरीले शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • # #crime
  • # #murder
  • प्रतिक्रिया दिनुहोस