शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बलात्कार आरोपमा दोषी ठहर सन्दीप लामिछानेको सजाय निर्धारण पुस २५ मा हुने


    हुलाक प्रेस

    • शुक्रबार, पुस १३ २०८००७:३३
    बलात्कार आरोपमा दोषी ठहर सन्दीप लामिछानेको सजाय निर्धारण पुस २५ मा हुने

    काठमाडौै । जिल्ला अदालत काठमाडौंले क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई नाबालिग बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।

    जिल्ला न्यायाधीश शिशिराज ढकालको इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। जिल्ला अदालतले सजाय निर्धारणका लागि सुनुवाइ हुने मिति पुस २५ गतेका लागि तोकेको छ। उक्त दिन अदालतले कति सजाय र जरिवाना हुनेबारे निर्णय सुनाउने छ। उक्त फैसलापछि सन्दीप थुनामा बस्नुपर्ने छ।

    जिल्लाले कसुर ठहर गरेपछि कति सजाय हुने भने पछि निर्धारण गर्ने छ। फौजदारी संहिता अनुसार ३ वर्षभन्दा धेरै कैद सजाय हुने मुद्दामा सजाय पछि निर्धारण गरिन्छ।


    प्रतिक्रिया दिनुहोस