शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नाडा अटो सो २०२५ - पाँच दिनमै करीव ढेड लाखले गरे अबलोकन


    हुलाक प्रेस

    • आइतबार, भदौ ८ २०८२०१:४७
    नाडा अटो सो २०२५ - पाँच दिनमै करीव ढेड लाखले गरे अबलोकन

    काठमाण्डौं । नाडा अटो शो२०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

    यस वर्ष, केवल पाँच दिनमै १,४९,८८१ दर्शकले अबलोकन गरिसकेका छन् ।

    नाडा अटोशोको पाँचौ दिनमा पनि देशका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले प्रदर्शनीको अवलोकन गरेका छन् । 

    nada 2.png

    शनिबार नेपाल सरकारका मुख्य सचिव एकनारायण अयार्ल , काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडााल, सिजी होल्डीङ्गस्का अध्यक्ष अरुण कुमार चौधरी र कलाकार सन्दिप क्षेत्रीले नाडा अटोशो २०२५ को अवलोकन गरेका छन् ।

    nada1.png
    undefined

    नाडा अटोशो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कायक्रमहरु सम्पन्न गर्दै आएको छ ।

    यसै क्रममा नाडा अटो शोको पाँचौ दिनमा पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    त्यसैगरी शनिबार नाडाका महासचिव सुरेन्द्रकमुार उप्रेतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    नाडा अटोमाबोइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले यी उपलब्धिहरुलाई एउटा शुभारम्भको रूपमा लिएको बताएका छन् ।

    उनले भने,  'यसले हाम्रो अपेक्षामा अझ बृद्धि भएको छ , र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख माेिबलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।'

    उनले यस ऐतिहासिक सफलतामा योगदान पुर्याएका सबै प्रदर्शक, प्रायाजे क, सरकारी निकाय, सञ्चारकर्र्मी  र सबैअवलोकनकर्ताहरूलाई नाडाकोतर्फबाट हार्दिक आभार व्यक्त गर्दैए नाडा अटो शो अब प्रदर्शनी मात्र नभएर नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव पनि भएको बताए । 


  • सम्बन्धित विषय:

  • # #nadaautoshow
  • प्रतिक्रिया दिनुहोस