काठमाडौँ । मोरङमा आज (सोमबार) बिहान सिलिन्डर ग्यास पड्किएर आगलागी हुँदा तीनवटा पसल जलेका छन् ।
जिल्लाको रतुवामाई नगरपालिका वडा नम्बर ६ स्थित सौँठा चोकमा ग्यास सिलिन्डर विस्फोट भई आगलागी भएको हो ।
प्रहरीका अनुसार, स्थानीय देउमान लिम्बुको जग्गामा बनेको घरमा टीका खनालले सञ्चालन गरेको चियाखाजा पसलमा बिहान ६ बजेतिर खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको हो ।
सोही घरमा रहेको सूर्यमान श्रेष्ठको किराना तथा चस्मा पसल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी (प्रवक्ता) कोपिला चुडालले जानकारी दिइन् ।
नजिकै रहेको प्रहरी चौकीको टोली र स्थानीयको सहयोगमा आगलागी बिहान ७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा मानिसलाई केही भएको छैन । घरभित्र रहेका सामान र पसलका सामान भने जलेर क्षति भएको डीएसपी चुडालले जानकारी दिइन्। क्षतिको मूल्यांकन हुन बाँकी छ ।