शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध


    हुलाक प्रेस

    • बुधबार, भदौ ११ २०८२११:५६
    सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

    जुम्ला ।  सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    गए राति  सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

    उनले मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् । रासस


  • सम्बन्धित विषय:

  • # #karnalirajmarga
  • प्रतिक्रिया दिनुहोस