शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जिल्ला कारागार मोरङमा महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला


    हुलाक प्रेस

    • बुधबार, भदौ ११ २०८२१२:४४
    जिल्ला कारागार मोरङमा महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला


    काठमाडौं । जिल्ला कारागार मोरङमा महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

    सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधा भट्टराई कारागारको शौचालयभित्र सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। 

    उनको शव बुधार विहान करिब साढे चार बजे सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको जेलर गौरव ढुंगेलले बताए । 

    शौचालयको ढोकाको चुक्कुल पनि भित्रबाट लगाइएको र घटनाको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेजस्तो देखिने मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। 

    जेलर गौरव ढुंगेलका अनुसार उनलाई आफ्नै नाबालक सन्तानको हत्या अभियोगमा सुनसरी जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो ।

    भट्टराई दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फाल्दा उनको एक सन्तानको मृत्यु भएको थियो भने उनको र अर्को बच्चाको उद्धार भएको थियो । 

    एक बच्चाको मृत्यु भएपछि उनीमाथि कर्तव्यज्यान मुद्दा चलेको थियो ।

    घटनाको जानकारी आफन्तलाई दिइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस