बुटवल । उच्च अदालत तुलसीपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ ।
बुधबार न्ययायाधीश सागर विष्टको एकल इजलासले कैफियत प्रतिवेदन र सक्कल मिसिल मगाउन आदेश दिएको हो ।
सहकारी अपचलनमा रविले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा दिएको निवेदनमा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न नमानेपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
सोही निवेदनमा उच्च अदालत बुटवलले जिल्ला अदालत रुपन्देहीको सक्कल मिसिल र कैफियत प्रतिवेदन मगाउने आदेश गरेको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।