शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • अवरुद्ध कर्णाली राजमार्ग खुल्यो


    हुलाक प्रेस

    • बुधबार, भदौ ११ २०८२०८:३६
    अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

    जुम्ला । सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कालीकोटको कालेखोलामा गएराति सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।  

    कालेखोलामा आएको लेदोसहितको पहिरोले भासिएको सडक पुनःनिर्माण गरेपछि साँझ ६ः०० बजेतिर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीले बताए ।

    कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित अवरुद्ध राजमार्ग तत्काल अस्थायी रूपमा साना सवारीसाधन ९बस ट्रकबाहेक० आवागमन सञ्चालन भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चौधरीले जानकारी दिए ।
      
    सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आवतजावत गर्न रोकिएका साना गाडी आआफ्नो गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #karnalirajmarga
  • प्रतिक्रिया दिनुहोस