शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ग्लोबल कन्सल्टद्धारा भदौ १६ गतेदेखि नयाँ बानेश्वरमा ‘एडमिशन विक' मनाईने


    हुलाक प्रेस

    • बुधबार, भदौ ११ २०८२०८:५७
    ग्लोबल कन्सल्टद्धारा  भदौ १६ गतेदेखि नयाँ बानेश्वरमा ‘एडमिशन विक' मनाईने

    काठमाडौं । लामो समयदेखि शैक्षिक परामर्श गर्दै आएको ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभियान सुरु गर्ने भएको छ ।

    यही भदौ १६ गतेदेखि २० गतेसम्म हुन गइरहेको ‘एडमिशन विक' मा अष्ट्रेलिया, युके, क्यानाडा, अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष भेट्न सकिने जनाइएको छ ।

    ग्लोबल कन्सल्टका अनुसार ग्लोबल कन्सल्टको नयाँ बानेश्वर, आलोकनगर स्थित कार्यालयमा कार्यक्रम हुनेछ । 

    उक्त अवसरमा भिसा , डकुमेन्ट र बैंकिङ  प्रोसेसको विषयमा परामर्श लिन सकिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले जानकारी दिए । 

    न्यौपानेका अनुसार आफ्ना नानीबाबुलाई विदेशका विश्वविद्यालयमा पढाउन चाहानेले  एक पटक विज्ञसंग परामर्श लिनैपर्ने हुन्छ । सबै क्षेत्रका विज्ञहरुलाई एउटै थलोमा भेट्न पाइने भएकाले यो एडमिशन साता विद्यार्थी र अभिभावकका लागि महत्वपूर्ण हुनेछ ।

    ग्लोबल कन्सल्टले आफ्नो दशौं बार्षिकोत्सवका अवसरमा विभिन्न स्कलरसिप, आफ्नो सेवामा पचास प्रतिशतसम्म छुट, फोटो कन्टेष्ट, भिडियो कन्टेष्ट र बम्पर उपहार समेत प्रदान गर्ने जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस