शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मंगलबार चिप्लिएर पोखरीमा डुबेका ५४ वर्षीय बरामको बुधबार शव फेला


    हुलाक प्रेस

    • बुधबार, भदौ ११ २०८२०९:०८
    मंगलबार चिप्लिएर पोखरीमा डुबेका ५४ वर्षीय बरामको बुधबार शव फेला

    गोरखा ।  सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर यहाँको पालुङटार नगरपालिका–७ मा ५४ वर्षीय कालीबहादुर बरामको मृत्यु भएको छ ।

    खत्रीटार पिप्लेखोल्सीस्थित कटहरेपाटामा पोखरीमा डुवेर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

    मङ्गलबार बराम अचानक चिप्लिएर उक्त पोखरीमा खसेकोमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको प्रहरीको टोलीले आजमात्र शव फेला पारेको उपरीक्षक सुवेदीले बताए ।

    उक्त पोखरी सिँचाइ प्रयोजनका लागि बाँध लगाइ निर्माण गरिएको थियो । बरामको शव निकालेर घटनास्थलको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस