काठमाडौंको विभिन्न स्थानमा आज चार घन्टादेखि साढे ४ घन्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ ।
साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ११ केभी मुलपानी सब-स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नु पर्ने भएकाले ती क्षेत्रमा आज चार घन्टा विद्युत् अवरूद्ध हुनेछ ।
यसैगरि लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत भूमिगतको काम गर्नुपर्ने भएकाले साढे चार घन्टा विद्युत् अवरूद्ध हुनेछ ।