शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • डडेल्धुरा जिप दुर्घटना :  चार वर्षीया बालिका सहित ४ जनाको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , भदौ १२ २०८२०२:३२
    डडेल्धुरा जिप दुर्घटना :  चार वर्षीया बालिका सहित ४ जनाको मृत्यु

    अमरगढी (डडेल्धुरा) । यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज ७३८ नं को जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    मृत्यु हुनेमा नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।

    उनका अनुसार ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो ।

    त्यसैगरी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन् ।

    घाइतेहरुलाई उपचारका लागि सदरमुकामस्थित डडेल्धुरा अस्पताल ल्याइएको र घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #death
  • # #jeepaccident
  • # #dadeldhura
  • प्रतिक्रिया दिनुहोस