शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन आग्रह


    हुलाक प्रेस

    • बिहीबार , भदौ १२ २०८२०५:४५
    नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन आग्रह

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारसमक्ष अनुरोध गरेको छ । 

    महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै नवीकरणको काम तत्काल खुलाउन अनुरोध गरेको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरूद्ध दर्ता, नवीकरण सुरू नभए महासङ्घ आन्दोलनमा उत्रने उल्लेख छ ।

    ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिए । मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताए ।

    छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था पछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस