बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उच्च अदालतका न्यायाधीश थपलिया कारबाही प्रक्रिया शुरु भयोः न्याय परिषद्


    हुलाक प्रेस

    • शनिबार, पुस १४ २०८००७:२४
    उच्च अदालतका न्यायाधीश थपलिया कारबाही प्रक्रिया शुरु भयोः न्याय परिषद्

    काठमाडौं । न्यायपरिषद्ले न्यायाधीश नवराज थपलियामाथि कारबाही प्रक्रिया चलिरहेको जानकारी गराएको छ। शनिबार न्याय परिषद्द्वारा जारी विज्ञप्तिमा न्याय परिषद् एने, २०७३ को दफा २१ बमोजिम सफाई पेस गर्न सूचना दिई कारबाही प्रक्रिया चलिरहेको उल्लेख छ। 

    विभिन्न विचाराधीन मुद्दाका झगडियासँग भेटेर ठूल्ठूलो रकम असुलेको पाइएपछि न्याय परिषदले उनीमाथि जाँजबुझ गर्न सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो। प्रतिवेदनका आधारमा थपलियालाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गत आइतबारको न्याय परिषद्को बैठकले गरेको थियो। उनलाई बिहीबार नै जिम्मेवारीविहीन बनाएर न्याय परिषद्मा झिकाइसकिएको छ।

    उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश थपलियाको कार्यक्षमता, आचरण र कर्तव्य पालना नगरेको विषयमा गठित छानविन समितिद्वारा प्रस्तुत प्रतिवेदन अनुसार उनको कारबाही प्रक्रिया अघि बढेको हो। 

    यसअघि उनलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न म्याद दिइएको थियो। यस म्यादभित्र उनले स्पष्टीकरण नदिएमा ‘कानुनअनुसार भई जाने’ पत्रमा उल्लेख छ। उनीमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नेतृत्व र संरक्षण गरेको ‘सेटिङ गिरोह’मा रहेर मुद्दामा चलखेल गरेको आरोप छ।

    साथै, उनलाई सफाइ पेस गर्न अन्तिम मौका दिइएको छ। उनीमाथि लागेका आरोपहरूको बेहोरा र छानबिनले औँल्याएका तथ्य उल्लेख गरी न्याय परिषद् ऐनबमोजिम ‘तपाईँलाई किन कारबाही नगर्नेरु’ भनी पत्रमा सोधिएको थियो। 


    प्रतिक्रिया दिनुहोस