शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको जडिबुटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, भदौ १३ २०८२०७:४४
    काठमाडौंको जडिबुटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३१ जडिबुटीको आकासे पुलनजिकै भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपाल रहेको प्रहरीले जनाएको छ । 

    उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । 

    राति २:५० बजे जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१,००६ ख ४२४३ नम्वरको अरनिको यातायातमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसमा ठोक्किएर दुर्घटना भएको थियो । 


    प्रतिक्रिया दिनुहोस