शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • छाउगोठमा सुतेकी सात वर्षीया बालिका सहित दुई जनाको मृत्यु , एक घाइते


    हुलाक प्रेस

    • शुक्रबार, भदौ १३ २०८२११:५२
    छाउगोठमा सुतेकी सात वर्षीया बालिका सहित दुई जनाको मृत्यु , एक घाइते

    अछाम । छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छभने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । 

    पञ्चदेवल विनायक नगरपालिका – ८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया  निम खनाल र मङ्गलसेन नगरपालिका –६ का गोरे भण्डारीकी सात वर्षकी छोरी कविताको छाउगोठमा सुतेका बेला ढुङ्गाले किचेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए । उक्त घटनामा घाइते भएकी कविताकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली  घटनास्थलतर्फ प्रस्थान गरेको  प्रहरी नायब उपरीक्षक खनालले बताए । रासस


    प्रतिक्रिया दिनुहोस