शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा पहिलो अत्याधुनिक एयर एम्बुलेन्स बिमान शनिबार काठमाडौँ आइपुग्ने


    हुलाक प्रेस

    • शुक्रबार, भदौ १३ २०८२०९:५८
    नेपालमा पहिलो अत्याधुनिक एयर एम्बुलेन्स बिमान  शनिबार काठमाडौँ आइपुग्ने

    काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्न लागेको पहिलो अत्याधुनिक एयर एम्बुलेन्स विमान शनिबार काठमाडौंमा अवतरण हुँदैछ ।

    स्रोतका अनुसार, अमेरिकी सहयोगअन्तर्गत सेनालाई उपलब्ध हुन लागेका एउटा एयर एम्बुलेन्सहित दुईवटा विमान भोलि भारतको जयपुर हुँदै काठमाडौंमा अवतरण हुँदैछन् । यी विमानलाई आउँदो साता अमेरिकी दूतावासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सेनाको मिड एयर बेसमा हस्तान्तरण गर्ने भनिएको छ ।

    गएको सोमबार पोल्यान्डबाट नेपालका लागि यी विमान पोल्यान्डका पाइलटहरूले ‘स्पेसल फेरी फ्लाइट’ गरेर उडाएका थिए । यिनलाई त्यहाँबाट ग्रिस, इजिप्ट, साउदी अरब, बहराइन, मस्कट हुँदै पाँचौँ दिन शुक्रबार पाकिस्तानको कराची ल्याइपुर्‍याएको हो ।

    नयाँ एयर एम्बुलेन्स अत्याधुनिक उपकरणसहित रहेको छ । यसमा अनबोर्ड मेडिकल इक्युपमेन्ट जडान गरिएका छन् । जसमा स्ट्रेचर, भेन्टिलेटर, अक्सिजन सपोर्ट प्रणाली, डिफिब्रिलेटर र आधारभूत शल्यक्रिया सामग्रीसमेत रहने छन् । यसले आकस्मिक अवस्थामा बिरामीलाई अस्पतालसम्म पुर्‍याउने क्रममा हवाईमै उपचार गर्न सकिने सुविधा उपलब्ध गराउनेछ ।


    प्रतिक्रिया दिनुहोस