बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रिमियर लिगः म्यानचेस्टर सिटीको सहज जित


    हुलाक प्रेस

    • आइतबार, पुस १५ २०८००८:४१
    प्रिमियर लिगः म्यानचेस्टर सिटीको सहज जित

    काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिटीलाई जिताउन रोड्रिले १४ औँ तथा जुलियन अल्भारेजले ६१ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै सिटी १९ खेलबाट ४० अंकका साथ तालिाको तेस्रो स्थानमा छ ।

    पराजित भएको सेफिल्ड भने पुछारमा रहेको छ । यसै गरी  शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने नटिङघम फरेस्टसँग २–१ गोलले पराजित भएको छ । 

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निकोलस डोमिनगुएजले गोल गर्दै ६४ औँ मिनेटमा नटिङघमलाई अग्रता दिलाएका थिए । ७८ औँ मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई बरबरीमा ल्याए । तर, ८२ औँ मिनेटमा मोर्गन गिब्सले गोल गर्दै नटिङघमको जित पक्का गराए । जितसँगै नटिङघम तालिकाको १५ औँ स्थानमा छ भने पराजित भएको युनाइटेड ७ औँ स्थानमा रहेको छ ।

    यसैगरी अन्य खेलमा चेल्सीले लुटनलाई ३–२ ले पराजित गर्दा एसटन भिल्लाले बर्नलेमाथि ३–२ कै जित निकालेको छ । क्रिष्टल प्यालेसले बे्रन्टफोर्डमाथि ३–१ को जित निकाल्दा वुल्भ्सले एभर्टनलाई ३–० ले स्तब्ध बनायो ।


    प्रतिक्रिया दिनुहोस