शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिराबाट होक्मा गाउँका छ घर उच्च जोखिममा


    हुलाक प्रेस

    • सोमबार, भदौ १६ २०८२१०:२४
    पहिराबाट होक्मा गाउँका छ घर उच्च जोखिममा

    ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिराका कारण विस्थापित भएका छन् ।  

    गए रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन् ।

    स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिराले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टङ्क भण्डारीको घरसमेत जोखिममा रहेका छ ।

    चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ । पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गइ बसेको बताइएको छ । अन्य घर परिवारसमेत सुरक्षित ठाउँमा छन् । अहिले वर्षा नभए पनि समयसमयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।
    रासस


    प्रतिक्रिया दिनुहोस