शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु


    हुलाक प्रेस

    • सोमबार, भदौ १६ २०८२०३:१२
    बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
    मुग्लिन (चितवन) ।  चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 
     
    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२  नम्बरको  मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
     
    घाइते चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पु¥याइएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। मृतकको पहिचान खुलेको छैन । 
     
    अहिले दुवै सवारी साधन र बसका चालक लमजुङको बेसीसहर नगरपालिका ११ का मनबहादुर बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस