शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, भदौ १८ २०८२०८:४५
    धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

    जनकपुरधाम । धनुषाको लालगढमा निर्माणाधीन घरमा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ ।

    मिथिला नगरपालिका-१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठको करेन्ट लागेर मङ्गलबार साँझ मृत्यु भएको हो ।

    स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका श्रेष्ठलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस