शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते


    हुलाक प्रेस

    • बुधबार, भदौ १८ २०८२०३:०४
    दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

    दमौली तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो । 

    गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । 
    दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । निजलाई उपचारार्थ पोखरा पठाइएको छ ।  
    रासस


    प्रतिक्रिया दिनुहोस