शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ


    हुलाक प्रेस

    • बुधबार, भदौ १८ २०८२०३:३३
    दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ ।

    काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो ।

    आयोगले खरिदार भण्डारीलाई मालपोत कार्यालय धुलिखेलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । भण्डारीको साथबाट आयोगले मोबाइल एक थान पनि नियन्त्रणमा लिएको छ । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस