शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भारतका प्रधानन्यायाधीश नेपाल आइपुगे


    हुलाक प्रेस

    • बिहीबार , भदौ १९ २०८२०८:२९
    भारतका प्रधानन्यायाधीश नेपाल आइपुगे

    काठमाडौं । भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन् ।

    बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

    उनलाई सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले स्वागत गरिन् । नेपाल र भारतबीच हुने ज्युडिसियल डाइलगमा भाग लिनका लागि प्रधानन्यायाधीश गवई नेपाल आइपुगेका हुन् । नेपाल भ्रमणका क्रममा भारतीय प्रधानन्यायाधीश गवई पशुपतिनाथ, लुम्बिनी लगायतको धार्मिक भ्रमणमा समेत जाने कार्यतालिका छ ।


    प्रतिक्रिया दिनुहोस