शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बैंकिङ्ग कसुरको ३ वटा मुद्दाका फरार प्रतिवादी पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, भदौ २० २०८२०६:२७
    बैंकिङ्ग कसुरको ३ वटा मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । बैंकिङ्ग कसुरको ३ वटा मुद्दामा फरार एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–१ घर भएर भक्तपुर बस्ने ३८ वर्षीया रञ्जिता थापा छिन् ।

    उनलाई भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिए ।

    आरोपीविरुद्ध प्रहरी वृत्त गौशाला, सोह्रखुट्टे र जिल्ला प्रहरी कार्यालय दोलखामा बैकिङ्ग कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । उनीबिरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको एसपी जिसीले जानकारी दिए । 


    प्रतिक्रिया दिनुहोस