शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, भदौ २१ २०८२१२:४७
    हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु

    हेटौँडा । चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ । 

    मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर  हेटौँडा उपमहानगरपालिका– १६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो ।

    स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो । शवपरीक्षणका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ ।


    प्रतिक्रिया दिनुहोस