काठमाडौं । बालकुमारी घटनामा पक्राउ परेका ७३ जना सबैलाई प्रहरीले छाडेको छ ।
शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिएका छन् ।
पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा ७३ जनालाई नियन्त्रणमा लिइएको थियो । मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका हुन् ।
प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको उपचारको क्रममा ज्यान गएको थियो । मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन् ।
ज्यान जाने दुईजनाको परिवारलाई क्षतिपूर्ती स्वरुप सरकारले १०र १० लाख रुपैंया दिने निर्णय गरेको छ ।