शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ‘जेनजी’को प्रदर्शनमा कुलमान घिसिङको ऐक्यबद्धता


    हुलाक प्रेस

    • आइतबार, भदौ २२ २०८२०९:१७
    ‘जेनजी’को प्रदर्शनमा कुलमान घिसिङको ऐक्यबद्धता

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजी’ले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । 

    देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘जेनजी’ले सोमबार (भदौ २३) निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन् ।

    "सरकारले केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा जेनजी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछौँ," घिसिङले उल्लेख गरेका छन् ।

    ‘उज्यालो नेपाल’ बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो ।

     


    प्रतिक्रिया दिनुहोस