शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जेनजीको प्रदर्शनमा मृतकको संख्या १७ पुग्यो


    हुलाक प्रेस

    • सोमबार, भदौ २३ २०८२०५:३३
    जेनजीको प्रदर्शनमा मृतकको संख्या १७ पुग्यो

    काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजीले गरेको प्रर्दशन हिंसात्मक बनेपछि मृत्युको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो । 

    ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

    यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । सयौं प्रर्दशनकारी घाइते भएका छन् । उनीहरुको उपत्यकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

    जेनजीको शान्तिपुर्ण आन्दोलन हिंसात्मक रुप लिएपछि प्रहरीले  अश्रु ग्याँससंगै गोली प्रहार गरेको थियो । 
    अहिले काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु लागेको छ । 

     


    प्रतिक्रिया दिनुहोस