शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जेनजी प्रदर्शन : देशभर १९ जनाको मृत्यु, ३४७ घाइते (अपडेट)


    हुलाक प्रेस

    • सोमबार, भदौ २३ २०८२०७:०१
    जेनजी प्रदर्शन : देशभर १९ जनाको मृत्यु, ३४७ घाइते (अपडेट)

    काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।

    त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।

    काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस