शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा


    हुलाक प्रेस

    • सोमबार, भदौ २३ २०८२०७:४६
    त्रिविले सार्‍यो २४, २५ र २६ गतेका स्नातक तहका परीक्षा

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यही भदौ २४, २५ र २६ का लागि तय गरिएका स्नतक तहका परीक्षा स्थगित गरेको छ । 

    त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये उक्त दिन बिहान ७ देखि १० सम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको हो । 

    त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले देशमा उत्पन्न आकस्मिक असहज परिस्थिति भन्दै परीक्षा स्थगित गरेको हो । स्थगित परीक्षाहरु असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ । 

    सोमबार जेनजीले गरेको प्रदर्शनमा ठूलो संख्यामा मानवीय क्षति र घाइते भएसँगै उपत्यका र अन्यत्र समेत कर्फ्यु आदेश जारी गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस