शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जेनजीमाथि दमनबारे युनिसेफले भन्यो : बालबालिकामाथि हिंसा अस्वीकार्य


    हुलाक प्रेस

    • सोमबार, भदौ २३ २०८२११:५१
    जेनजीमाथि दमनबारे युनिसेफले भन्यो : बालबालिकामाथि हिंसा अस्वीकार्य

    काठमाडौं । बालकालिका क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघीय एजेन्सी (युनिसेफ)ले सोमबार नेपालभर भएको प्रदर्शनमा बालबालिकामाथि हिंसा भएको भन्दै त्यसप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

    सोमबार साँझ एक वक्तव्य जारी गर्दै युनिसेफले यस्तो बताएको हो । ‘बालबालिकाहरुमाथि बल प्रयोग स्वीकार्य छैन र यो तत्कालै रोकिनुपर्छ,’ युनिसेफले भनेको छ । नेपाल संयुक्त राष्ट्रसंघ बालअधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको कुरा पनि युनिसेफले स्मरण गराएको छ ।

    सो अभिसन्धिअनुरूप बालबालिकालाई सङ्गठित हुने स्वतन्त्रता छ र उनीहरु शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकार राख्ने कुरा पनि युनिसेफले उल्लेख गरेको छ ।

    ‘युनिसेफ नेपालका बालबालिकासँग छ र उनीहरूको सुरक्षा, सम्मान र अधिकारलाई प्राथमिकता दिन सबै पक्षलाई  आग्रह गर्दछ,’ युनिसेफले भनेको छ


    प्रतिक्रिया दिनुहोस