काठमाडौँ । यातायात व्यवसायी महासंघले देशभरको यातायात सञ्चालन नगर्ने भएको छ । जेनजी समूहले गरको शान्तिपूर्ण प्रदर्शनमा प्रत्यक्ष दमनका कारण १९ जनाको हत्या भएपछि काठमाडौँ उपत्यकामा कर्फ्यु आदेश जारी गरको छ ।
शान्तिपर्ण रुपमा यातायात सञ्चालनको वातावरण नभएको भन्दै यातायात व्यवसायी महासंघले देशभरको यातायात सञ्चालन बन्द गर्ने निर्णय गरेको छ । साथै यातायात व्यवसायी महासंघले प्रदर्शनका क्रममा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।