शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बालकुमारी घटनामा सरकारले पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्ने


    हुलाक प्रेस

    • आइतबार, पुस १५ २०८००५:१३
    बालकुमारी घटनामा सरकारले पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्ने

    काठमाडौं । बालकुमारी घटनाबारे छानबिन सरकारले गर्न उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

    आइतबार सत्ता साझेदार दलका शीर्ष नेतासँग भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाउने भएका हुन् । 

    भोलि बिहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने र आयोगले भोलीदेखि नै काम सुरु गर्ने जानकारी प्रधानमन्त्रीले बैठकमा दिएका छन् ।

    गत शुक्रबार ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षाको फाराम भर्न पाउनुपर्ने माग गर्दै गरिएको प्रर्र्दशनमा प्रहरीले दमन गर्दा २ जनाको मृत्यु भएको थियो । 


    प्रतिक्रिया दिनुहोस