शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले


    हुलाक प्रेस

    • मंगलबार, भदौ २४ २०८२०४:०६
    राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले

    काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् ।

    तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल गरेका छन् ।

    अहिले संसद भवन नयाँ बानेश्वरमा सम्पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा छ । त्यहाँका सबै भौतिक संरचनाहरू तोडफोड भएका छन् । प्रदर्शनकारीले त्यहाँ आगजनी पनि गरेका छन् ।

    सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।


    प्रतिक्रिया दिनुहोस