शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा भएको घटना अत्यन्तै ह्रदयविदारक- मोदी


    हुलाक प्रेस

    • मंगलबार, भदौ २४ २०८२१०:५३
    नेपालमा भएको घटना अत्यन्तै ह्रदयविदारक- मोदी

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको घटना हृदयविदारक रहेको बताएका छन् । मंगलबार दिनभरको भ्रमणबाट फर्किएपछि सुरक्षासम्बन्धी मन्त्रिपरिषद्को बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भएको बताएका छन् ।

    "नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ । नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु," मोदीले भनेका छन् ।


    प्रतिक्रिया दिनुहोस