शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सरकारी कार्यालय तथा बैंकका कर्मचारीहरू कार्यालयसम्म आवतजावत गर्न पाउने


    हुलाक प्रेस

    • बुधबार, भदौ २५ २०८२११:२१
    सरकारी कार्यालय तथा बैंकका कर्मचारीहरू कार्यालयसम्म आवतजावत गर्न पाउने

    काठमाडौँ । नेपाली सेनाले निषेधाज्ञा र कर्फ्युका बेलामा पनि केही अत्यावश्यक सेवालाई सहज बनाइएको जानकारी दिएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

    सेनाले काठमाडौँ उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । बुधबार साँझ पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले भदौ २६ गते बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ भने २६ गते बेलुका ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने सेनाले जनाएको छ । 

    विज्ञप्तिअनुसार, निषेधाज्ञा र कर्फ्युका दौरान एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका सवारी साधनका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधन सञ्चालन गर्न पाउनेछन् ।

    त्यस्तै, सरकारी कार्यालय, बैंक, वित्तीय संस्था र सार्वजनिक संस्थानका कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म जान-आउन सक्नेछन् । यसैगरी, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले पनि आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न पाउनेछन् । आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ।

    काठमाडौँ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा अवस्थाअनुसार जिल्ला सुरक्षा समितिले निर्णय गर्ने र सोहीअनुसार व्यवस्थापन गरिने सेनाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस