काठमाडौँ । झापा जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भागेका छन् ।
भादौ २४ गते भएको आन्दोलनका क्रममा आन्दोलनकारीहरुले गम्भीर र जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसन्धानमा रहेका कैदीलाई भगाएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनिबाट ३६ जना र झिलझिलेबाट ५ जना आन्दोलनका क्रममा भागेका छन् ।