शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • 'जेन जी' प्रर्दशनमा ज्यान गुमाउने संख्या ३४ पुग्यो


    हुलाक प्रेस

    • बिहीबार , भदौ २६ २०८२०१:४५
    'जेन जी' प्रर्दशनमा ज्यान गुमाउने संख्या ३४ पुग्यो

    काठमाडौं । भदौ २३ गते भएको जेनजी प्रर्दशनमा मृत्यु हुनेको संख्याच ३४ पुगेको छ । 

    स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिलेसम्म मृतकको संख्या ३४ पुगेको हो ।

    मन्त्रालयले देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत रहेको जनाएको छ । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

    मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

    सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार अन्त्य गर्ने भन्दै भदौ २३ गते जेनजीले गरेको प्रर्दशनमा सरकारले बल प्रयोग गर्दै दमन गरेको थियो । 

    सो क्रममा तत्काल १९ जनाको मृत्युभएको थियो भने घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस