शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दुई सय ६२ किलो गाँजासहित तीन जना पक्राउ


    हुलाक प्रेस

    • आइतबार, भदौ २९ २०८२०१:५९
    दुई सय ६२ किलो गाँजासहित तीन जना पक्राउ
    काठमाडौँ । विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । 
     
    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । 
     
    प्रहरीले मे।१ च ५८२६ नम्बरको  गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस