काठमाडौं । काठमाडौं जिल्ला अदालतद्धारा अनिश्चितकालका लागि पेशी लगायतका सम्पुर्ण सेवा स्थगीत भएको जनाएको छ ।
आइतबार अदालत प्रशासन शाखाबाट एक सूचना जारी गर्दै भदौ २४ भएको प्रर्दशनमा भएको आगजनीका कारण अदालतमा रहेका सम्पूर्ण मुद्दाका मिसिलहरू, इजलासका साथै फाँट जलेर नष्ट भएको कारण अनिश्चित समयका लागि पेशी लगायत सम्पुर्ण सेवाहरु अर्को सुचना नआउन्जेलको लागि बन्द भएको जनाएको हो ।
सुचनामा अदालतबाट प्रवाह हुने पेसी लगायतका सेवाहरूका लागि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सूचित गरिएको छ । साथै अदालत प्रशासनले सरोकारवाला तथा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति दुख व्यक्त गरेको छ ।
Unknown-35.jpg.pdf :To download file click here