शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • तीन मन्त्रीको नाम पुग्यो शीतलनिवास, सोमबार शपथ


    हुलाक प्रेस

    • आइतबार, भदौ २९ २०८२१०:३७
    तीन मन्त्रीको नाम पुग्यो शीतलनिवास, सोमबार शपथ

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाएकी छन् । पदभार ग्रहण गरेकै दिन उनले तीन अलगअलग क्षेत्रका प्रतिष्ठित व्यक्तिको नाम मन्त्रीका लागि टुंगो लगाएकी हुन् ।

    अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन् । 

    यस्तै कुलमान घिसिङले तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले अब भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय उनले सम्हाल्नेछन् ।

    प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल गठनका लागि सिफारिस शीतलनिवासमा गएर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथ भोलि सोमबार हुने शीतलनिवास स्रोतले जानकारी दियो ।


    प्रतिक्रिया दिनुहोस