बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंबाट एक व्यक्तिलाई अपहरण गरेर १३ लाख ५० हजार फिरौती, चार जना माथि अनुसन्धान गर्दै प्रहरी


    हुलाक प्रेस

    • आइतबार, पुस १५ २०८००८:४७
    काठमाडौंबाट एक व्यक्तिलाई अपहरण गरेर १३ लाख ५० हजार फिरौती, चार जना माथि अनुसन्धान गर्दै प्रहरी

    काठमाडौं । काठमाडौंको चाबहिलबाट रसुवाका हिस्सीखायाँ तामाङ ‘अपहरण’मा परेको खुलेको छ ।

    एक महिनाअघि नै उनले आफू अपहरणमा परेको उजुरी दिएपछि काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।

    प्रहरीकाअनुसार तामाङलाई बन्धक बनाएर १३ लाख ५० हजार रुपैयाँ फिरौती लिइएको थियो । तामाङले चिनियाँ नाका रसुवा क्षेत्रमा दोभासेको काम गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

    तामाङको उजुरीको आधारमा शनिबार र आइतबार (हिजो र आज) गरी प्रहरीले तामाङको अपहरणमा संलग्न आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ । चार युवाले तामाङलाई आफूहरू प्रहरी भएको भन्दै चाबहिल काठमाडौंकै गागलफेदीको एक रेस्टुरेन्टमा पुर्‍याएर बन्धक बनाएको खुलेको प्रहरीले जनाएको छ ।



    प्रतिक्रिया दिनुहोस