शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ


    हुलाक प्रेस

    • सोमबार, भदौ ३० २०८२१०:१५
    सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ-१ का ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पीडित महिलाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए। पीडित महिलाका अनुसार, अभियुक्तले उनका श्रीमानलाई खाबोमा बाँधेर बलात्कार गरेका थिए।

    इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको संयुक्त टोलीले आइतबार साँझ थिङलाई पक्राउ गरेको हो। पीडित महिलालाई हाल हेटौँडास्थित हिंसा पीडित महिलाका लागि रहेको सुरक्षित आवास गृहमा राखिएको छ।


    प्रतिक्रिया दिनुहोस