शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषद निर्णय


    हुलाक प्रेस

    • सोमबार, भदौ ३० २०८२१०:३६
    पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने मन्त्रिपरिषद निर्णय

    काठमाडौँ । सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ ।

    सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    ‘तर संरचनाबारे टुंगो लाग्न भने बाँकी छ,’ उनले भने । यस्तै, सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । बैठकले भदौ २३/२४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

    बैठकले मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय समेत गरेको छ । असोज १ गते शोक दिवस मनाउने बैठकले निर्णय गरेको छ ।

    मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

    अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालयले र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उक्त राहत वितरण गरिने उनले जनाए । यस्तै, घाइतेहरूको पनि नि:शुल्क उपचार गर्ने निर्णय भएको उनले बताए । अन्तरिम सरकार गठन भएपछि प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिमण्डल आज विस्तार गरेकी थिइन् । मन्त्रिमण्डल विस्तार गरेसँगै सोमबार पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो ।


    प्रतिक्रिया दिनुहोस