शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नारायणगढ–मुग्लिन सडक सञ्चालनमा


    हुलाक प्रेस

    • बुधबार, असोज १ २०८२११:१७
    नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

    मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।

    बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
    रासस


    प्रतिक्रिया दिनुहोस