शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह


    हुलाक प्रेस

    • शनिबार, असोज ४ २०८२०९:१६
    मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः ठूलो पहिरो गएको छ । मुग्लिननजिकै तुइन खोलाछेउमा फेरि ठूलो पहिरो गएको हो । पहिरो जानेक्रम जारी रहेको हटाउन सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

    हिजो साँझ सवा ७ बजेदेखि पहिरो झरेका कारण उक्त सडकखण्ड पूणरूपमा अवरुद्ध छ । १४ घण्टादेखि सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । 

    पहिरो झर्नेक्रम अझै जारी छ । उद्यपि, पहिरो हटाउन सुरु गरिएको कार्यालयले जनाएको छ ।  “सुरक्षालाई मध्यनजर गर्दै पहिरो झर्न रोकिएपछि सवारी आवागमन सूचारू गरिनेछ,” कार्यालयले भनेको छ । 

    आज यो सडक हुँदै यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।


    प्रतिक्रिया दिनुहोस