शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मन्त्रिपरिषद् बैठकः जेनजी आन्दोलनको अनुसन्धान गर्ने आयोगको अध्यक्षमा कार्की


    हुलाक प्रेस

    • आइतबार, असोज ५ २०८२०९:२३
    मन्त्रिपरिषद् बैठकः जेनजी आन्दोलनको अनुसन्धान गर्ने आयोगको अध्यक्षमा कार्की

    काठमाडाैँ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

    आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद्का निर्णय सुनाउँदै अर्थमन्त्री रामेश्वर खनालले आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको बताए ।

    खनालले आयोगको कार्यावधि तीन महिना रहेको बताए । 


    प्रतिक्रिया दिनुहोस