शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जनताले बुझ्ने भाषामा कानुन लेख्ने कानुनमन्त्रीको प्रतिबद्धता


    हुलाक प्रेस

    • मंगलबार, असोज ७ २०८२११:०१
    जनताले बुझ्ने भाषामा कानुन लेख्ने कानुनमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।

    मंगलवार दिउँसो सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सिन्हाले पदभार ग्रहण गर्दै कानून निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी स्पष्ट भाषामा लेख्ने निर्णय गरे । उनले जेनजी पुस्ताको मागअनुसार मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नको लागि कानूनहरुमा आवश्यक संशोधन गरिने बताए ।

    सिन्हाले समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कानून निर्माण र सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सिन्हाले भने, ‘पहिलो निर्णयका रुपमा कानून निर्माण गर्ने प्रक्रिया, शैली, भाषाको सुधार गरेर नागरिकले स्पष्टसँग बुझ्ने बनाउने पहिलो निर्णय पनि गरेका छौँ ।’

    उनले आवश्यक कानुन संशोधन गरेर सरकारले समयमै चुनाव गराउने बताए । ‘हामीले जसरी पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था छ । त्यसका लागि आवश्यक पर्ने केही कानूनी विषयहरु छन् । ति विषयहरुमा केही संशोधन गर्नुपर्ने अवस्था छ । त्यसकारण निर्वाचन गराउनको लागि अध्यादेशमार्फत भएपनि आवश्यक पर्ने कानूनहरु संशोधन गर्छौ, सिन्हाले भने ।

    सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


    प्रतिक्रिया दिनुहोस