शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • कारागारबाट भागेका सानु भण्डारी र केशव दुलाल पक्राउ


    हुलाक प्रेस

    • मंगलबार, असोज ७ २०८२११:२६
    कारागारबाट भागेका सानु भण्डारी र केशव दुलाल पक्राउ

    काठमाडौँ । सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेका केशव प्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागी थुनामा रहेका उनीहरू जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा कारागारबाट भागेका थिए ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुरको धापाखेलबाट पक्राउ गरेर कारागारमा बुझाएको छ । 

    शरणार्थी प्रकरणमा संलग्न अर्का प्रतिवादी टोपबहादुर रायमाझी आफैँ कारागारमा उपस्थित भएका छन् । उनलाई डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस